Aamsanchar

धनगढी–अत्तरिया ६ लेन सडककाे धनगढी खण्डमा साइकल लेन सञ्चालनमा

Author Image
आइतवार, पौष २२, २०८०

काठमाण्डौ – कैलालीको धनगढी–अत्तरिया जोड्ने ६ लेन सडकअन्तर्गत धनगढी खण्डमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले धनगढीको भन्सार रोडदेखि गेटासम्मको ६ लेनमा साइकल लेन बनाएको हो ।

करिब ७ किलोमिटर सडकको दायाँ र बायाँ दुवैतिर बनाइएको साइकल लेनको हिजो उद्घाटन भएको छ । मेयर गोपाल हमालसहित स्थानीय बासिन्दाले साइकल लेनमा साइकल चलाएर यात्रा गरेका थिए । सुदूरपश्चिममै पहिलोपटक सडकमा साइकल लेन छुट्याइएको उपमहानगरको दाबी छ ।

साइकल लेनमा रङ्ग लगाउनुका साथै लेन चिन्न सहज होस् भनेर ठाउँठाउँमा साइकलको चित्र कोरिएको छ । साइकल लेन छुट्याएपछि दुर्घटनामा कमी आउने र साइकल यात्री तथा गाडी चालकलाई पनि सहज हुने उपमहानगरपालिकाले जनाएको छ । साथै ६ लेनमा साइकल लेन छुट्याएर सडकमा साइकल यात्रीको पनि हक छ भन्ने सन्देश दिन खोजेको मेयर हमालले बताउनुुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर