Aamsanchar

कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा फिक्कलका बृद्धकाे मृ*त्यु

Author Image
आइतवार, पौष २२, २०८०

सिन्धुली – सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । घर नजिकै बारीमा कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा फिक्कल गाउँपालिका-५ रजे का वर्ष ७४ का मनबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहाला अनुसार शनिबार अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्न जाँदा बुढाथोकी माटोको ढिस्कोले पुरेको अवस्थामा घटना स्थलमै मृत फेला परेको थिए ।

घरबाट अन्दाजी एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा मृतकको चप्पल फेला परेको र बारी माथिबाट ढिस्को समेत झरेको देखिएपछि माटो खोतल्दै गर्दा वृद्ध बुढाथोकीको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर