Aamsanchar

१२ वर्षपछि पक्राउ परे डाँका-चोरी मुद्दाका फरार प्रतिवादी बेलबहादुर

Author Image
आइतवार, पौष २२, २०८०

बुटवल – डाँका चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका कञ्चन गाउँपालिका -३ रुपन्देहीका ४६ वर्षीय बेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रुपन्देहीले २०६८ जेठ ३० गते थापालाई ६ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।

ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले थापालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

थापालाई कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देहीमा पठाइएको केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)