![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/विश्वमा.jpg)
यो चक्कीको नाम भाइब्रेटिङ इन्जेष्टिबल बायोइलेक्ट्रिक स्टीमुलेटर अर्थात् भाइब्स राखिएको छ । यो चक्की हालै मात्र सार्वजनिक गरिएको हो । यसलाई सञ्चार माध्यमहरूले भविष्यमा तौल कम गर्ने अचूक उपाय बताइरहेका छन् । यो चक्कीलाई मानवमा परीक्षण गर्न बाँकी नै छ । भाइब्स जडान गरिएको सुँगुरहरूले स्मार्ट पिल नभएको तुलनामा ४० प्रतिशत कम खानेकुरा खाएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
यो चक्कीले पेटमा खानेकुरा टम्म भएको आभास गराउँछ । यसले हामीलाई टन्न अघाएको महसुस गराउने हर्मोन अर्थात् हाइपोथाल्मसको स्तर बढाउने बताइएको छ । यो चक्की खाना खानु अघि २० देखि ३० मिनेट अघि खानु पर्छ । यो चक्की भिटामिनको क्याप्सुल जत्रै छ । यो चक्की ब्याट्रीबाट चल्छ । मोटोपनाबाट ग्रसित बिरामीहरूको उपचारमा यो चक्की निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
तर बिरामीका लागि यो चक्की उपलब्ध गराउनु अघि यसले प्रयोगकर्तामा पार्ने मानसिक असरबारे भने थप अध्ययन हुन जरुरी भएको बताइएको छ । मानवमा यसको परीक्षणका लागि अनुसन्धानकर्ताहरूले चक्कीको उत्पादन बढाउने तरिकाहरू सोच्न थालेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)