Aamsanchar

टुटलका संस्थापक शिक्षितलाई हाजिर जमानीमा छाड्न आदेश

Author Image
आइतवार, पौष २२, २०८०

काठमाडौं- जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो । प्रहरीले प्रतिलिपी अधिकार उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

बिहीबार राति पक्राउ परेका भट्टलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो । तर अदालतले छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुद ढुंगेलले बताए ।

यो विवाद उच्च अदालत पाटनमा पनि विचाराधीन रहेको र त्यहाँ अन्तरिम आदेशले निरन्तरता नपाएको भन्ने उल्लेख भएपछि भट्टलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर