Aamsanchar

माछा मार्न भनी हिँडेका एक व्यक्ति मृ*त फेला

Author Image
सोमवार, पौष २३, २०८०

काठमाडौं – मकवानपुरमा माछा मार्न भनी हिँडेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाग्मती गाउँपालिका–४, झुरझुरेका ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् ।

उनी आइतबार अपराह्न करिब ४ बजे घरबाट निस्किएका थिए । माछा मार्न जाने भन्दै निस्किएका उनी रातिसम्म घर फर्किएका थिएनन् ।

आफन्तले खोज्दै जाने क्रममा आज बिहान करिब सवा २ बजे सोही ठाउँस्थित वाग्मती खोलामा उनी मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर