Aamsanchar

चितवनमा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुल्याे

Author Image
सोमवार, पौष २३, २०८०

चितवन –चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष टोली नै लामो समयदेखि भरतपुरमा बस्दै आएको छ । उनीहरुले भारतीय प्रहरीसँग पनि समन्वय गर्दै हत्याको अनुसन्धान गरेका थिए ।

शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारण सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको चितवन प्रहरीका एक अधिकृतले बताए । ती शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।

महिलाका श्रीमानले भरतपुर महानगरपालिका वडा नं। ९ बसपार्क नजिकै दुबै जनाको हत्या गरेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर