Aamsanchar

अर्जुनधारा नगर विकास बहुउद्देश्यीयको दोस्रो साधारणसभा सम्पन्न

Author Image
सोमवार, पौष २३, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा –८ मा मुख्य कार्यालय रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  संस्थाले अर्जुनधारा –८ स्थित शनिश्चरेमा सोमवार (आज) दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष प्रत्यूष आजाद रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो ।

सोही कार्यक्रमकैबीच संस्थाले उत्कृष्ट कृषकका रुपमा अर्जुनधारा १ का लोकनाथ वाग्ले, अर्जुनधारा –७ का राजेन्द्रप्रसाद निरौला र अर्जुनधारा –४ का देवप्रकाश घिमिरेलाई नगदसहित सम्मान गरेको थियो । उनीहरूलाई प्रमुख अतिथि रानामगर, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाललगायतले सम्मान गरेका थिए ।

आर्थिक बर्ष २०७९/०८० सम्ममा एक हजार ७३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३८ लाख २७ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष रानाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष रानाको प्रतिवेदन अनुसार निक्षेप संकलन ७ लाख १५ हजार २५१ रुपैयाँ र जगेडा कोष ५ लाख रुपैयाँको रहेको छ ।

अर्जुनधाराका ११ वटै वडामा उपसमिति, समुह, विषयगत समिति गठन गरी नगरपालिकाको कृषि शाखा सँगको समन्वयमा विविध कार्यक्रम गर्दै आएको अध्यक्ष प्रत्यूष आजाद रानाले बताएका छन् ।

कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै व्यवसायिक र मर्यादित पेशाका रुपमा विकास गर्न, बीउ बिजन उत्पादन सँगै वृद्धि गरी संकलन, भण्डारण, प्रशोधन र बजारीकरणबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको अध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरको पशुपन्छी विकास शाखा र नेपाल कृषि बजार कार्यक्रम ९सहज० विराटनगरको ५० प्रतिशत आर्थिक साझेदारीमा अर्जुनधारा –६ मा दुग्ध उद्योगको स्थापना भएको छ ।

संस्थाले कृषि उत्पादन अभिमुखीकरण तालिम, धान पकेट कार्यक्रमको निरन्तरता, बीज वृद्धि कार्यक्रम, कृषि प्राविधिक सेवा सञ्चालन, रासायनिक मलको व्यवस्थापन र उपलब्धता, कृषिका आधारित सरकारी तथा गैरसरकारी निकायसँगको समन्वय, तालिम र गोष्ठीको आयोजना र सहभागिता, कृषि उपज संकलन, भण्डारण र बजारीकरण, कर्मचारी व्यवस्थापन र परिचालनलगायतका कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष रानाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा नगर प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, साना किसान शनिश्चरेका अध्यक्ष भैरव खड्का, महिला चेतना सहकारी अध्यक्ष निला कुमारी दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सञ्चालक समिति सदस्य देवकला प्रसाईँले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर