Aamsanchar

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा पदबाट राजीनामा

Author Image
मङ्गलवार, पौष २४, २०८०

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिनुभएको छ । खनालले पछिल्लो समय विभिन्न प्रकरणमा खास कदम चाल्न नसकेको भनेर आलोचना भइरहेको छ ।

खनालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली ९टेरामक्स० खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०, स्मार्ट सेल खारेजी र एनसेलको शेयर खरिदरबिक्री लगायतका विषयमा प्राधिकरणले अनियमितता गरेको र दायित्व पूरा नगरेको भन्दै आलोचना भइरहेको थियो ।

टेरामक्स र एमडीएमएसको विषय संसदीय समिति र अख्तियारमा समेत पुगेको छ । यस्तो अवस्थामा दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामालाई अर्थपूर्णरूपमा हेरिएको छ । स्रोतका अनुसार मन्त्री रेखा शर्माले नै खनाललाई राजीनामा दिन निर्देशन दिँदै राजीनामा नदिए बर्खास्तीको चेतावनी दिनुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ सालको साउन ६ गते खनाललाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आउँदो साउन ६ गतेसम्मको कार्यकाल बाँकी रहेको भए पनि उहाँले अहिले नै राजीनामा दिनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)