Aamsanchar

विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ

Author Image
मङ्गलवार, पौष २४, २०८०

काठमाण्डौ – आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई आज काठमाण्डौबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबरजस्ती करणी मुद्दामा प्रहरीको खोजीमा रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएको थिएन ।

जिल्ला अदालत सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन भएपछि खोजीमा सीआईबीको टोली २०७७ सालको असारमा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको भए पनि पक्राउ गर्न असफल भएको थियो । लामो समय बाराको हलखोरिया जङ्गलमा बसेका बम्जन पछिल्लो समये सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर