Aamsanchar

राप्रपाले आह्वान गरेको कविता प्रतियोगिताको विजेता छनोट

Author Image
बुधवार, पौष २५, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीका आह्वान गरेको ४० वर्ष मुनिका युवा कविता प्रतियोगिताको विजेता छनोट गरेको छ।

राप्रपाले गत मंसिर २७ गते पुस १५ गतेसम्मको समयसीमा तोकेर चालीस वर्ष मुनिका युवाहरूलाई सहभागी हुन पाउने गरी ३०२ औं पृथ्वी जयन्तीको अवसरमा “पृथ्वीनारायण शाह” का बारेमा कविता प्रतियोगिताको खुल्ला आह्रान गरेको थियो।

छोटो समयको सूचनामा देश विदेशका ३०५ जना सर्जकबाट आफ्नो उत्कृष्ट रचनाहरु प्राप्त भएको भएको राप्रपाले जनाएको छ। उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वविमोहन श्रेष्ठ, डाक्टर नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए। निर्णायक मण्डलले कविता प्रतियोगिताका ६ जना विजेता घोषणा गरेका छन्।

जस अनुसार रुकुम पश्चिमका उमेश पुन मगरको कविता देशभित्र देखेको देशले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै कपिलवस्तुका सुभाष खनालको कविता पृथ्वीनारायणले दोस्रो स्थान प्राप्त गर्दा संखुवासभाका सिजन श्रेष्ठको कविता पृथ्वीको यात्रामा पृथ्वीले तृतिय स्थानमा छनोट भएको छ।

यस्तै अविरल डिसीको कविता बाँचौ नेपाली बनी, निरुता बुढाथोकीको ए मेरा सन्तति हो र प्रविण अधिकारीको बडामहाराजलाई पत्र कविताले प्रोत्साहन स्वरुप १०–१० हजार प्राप्त गरेका छन्।

कवितामा प्रथम हुनेले १ लाख प्राप्त गर्नेछन् भने द्वितीय पुरस्कार वापत् पचास हजार र तृतीय पुरस्कार वापत् २५ हजार पाउनेछन्।

उनीहरुलाई आगामी पुस २७ गते काठमाडौंको भृकुटी मण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनीहरुको कविता जलपान कार्यक्रममा बाचन गरीने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर