Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, पौष २५, २०८०

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ । मौसमविद्ले चिसोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेका छन् ।

अरु बाँकी ठाउँहरुमा आजको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका क्षेत्रमा मौसम आंशिक बदली नै रहने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर