Aamsanchar

‘दिवसको दिन बिर्तामोडमा १५ सय किलो पिठोको भाक्का र १२ सय किलो तरकारी खुवाउने’

Author Image
बुधवार, पौष २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सातौँ राष्ट्रिय भाक्का दिवस आयोजना हुुने भएको छ । राजवंशी तथा तराईका मूलवासी जातजतिहरूको एक मौलिक परिकार भाक्कालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले विगत ६ वर्ष देखि दिवस माघ २९ गते दिवस घोषणा गरेर कार्य आयोजना हुँदै आएकोमा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित दिवस मनाउने तयारी भएको  आयोजक संस्था राजवंशी विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् ।

विगतको वर्षहरूमा बिर्तामोड स्थित सिटी सेन्टरमा आयोजना हुँदै आएको भाक्का दिवस समारोह यस वर्ष भने बिर्ताबजार स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना गरिने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाइएको छ ।

भाक्का दिवसको दिन आयोजना हुने कार्यक्रममा उपस्थिहुने हरूको संख्या बढ्ने भएकाले यस वर्ष रङ्गशालामा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।  गत वर्ष करिव १० हजार भन्दा धेरै सर्वसाधारणको उपस्थिति रहको र यस वर्ष २५ हजार भन्दा माथि अतिथि आगन्तुकहरूलाई उपस्थित गराउने आयोजकले दावी गरेको छ ।
भाक्का दिवसमा निशुल्क रुपमा सबैलाई भाक्का खुवाउने आयोजक समितिले जनाएको छ । त्यसका लागि १५ सय किलो चामलको पिठो र १२ सय किलो तरकारीको व्यवस्थापन गरिएको अध्यक्ष राजवंशीले आमसंचारलाई बताए ।

कार्यक्रमको दिन बिर्तामोडका विभिन्न होटल म्यानेजमेन्ट कलेजका विद्यार्थी र कुक सेफ गरेर ५ सय जनाले सर्भिस गर्ने बताइएको छ ।

दिवसमा कार्यक्रम सम्पन्न गर्नको लागि १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रमका लागि संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, कोशी प्रदेश वन तथा पर्यटन मन्त्रालय र थप स्थानीय एक दर्जन भन्दा धेरै व्यवसायी सङ्घसंस्थाहरूको सहयोग रहेको बताइएको छ ।

राजवंशी धर्म संस्कार संस्कृतिको संरक्षण र प्रचारका लागि आयोजना गरिने कार्यक्रममा मन्त्री सुजन किरातीको प्रमुख आतिथ्य रहने र सो दिन राजवंशी भाषा संस्कृतिका संरक्षक मानिएका महाराज श्रीश्री अनन्त रोयको पनि उपस्थिति रहने अध्यक्ष राजवंशीले बताए ।

कार्यक्रममा विभिन्न स्वादमा तयार पारिएको भाक्का खुवाउने कार्यक्रम मुख्य रहेको र त्यो सँगै रामलिला, कृष्णकला र १५ वटा विभिन्न सांस्कृतिक नृत्य तथा गायनको कार्यक्रम रहने बताइएको छ ।
दिवसको दिन बिर्तामोड बाहेक भद्रपुर, राजगढ, कचनकवल, मोरङका विभिन्न स्थान, दुवई, अष्ट्रेलिया, बेलायत र काठमाडौंमा पनि भाक्का दिवस योजना गर्ने तयारी भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर