Aamsanchar

दियोबाट ओछ्यान र कपडामा आगो सल्किँदा घाइते वृद्धाको मृत्यु

Author Image
बुधवार, पौष २५, २०८०

विराटनगर – विराटनगरमा आगोले जलेर घाइते भएकी वृद्धाको मंगलबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ ब्रह्मपुराकी ७० वर्षीया लक्ष्मी कामतको मृत्यु भएको हो । घरको कोठाभित्र बालेको दियोबाट ओछ्यान र कपडामा आगो सल्किँदा सोमबार राति कामत गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्दार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकले शरीरको ६५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उपचार सम्भव नहुने बताएपछि आफन्तले मंगलबार साँझ घर लिएर गएका थिए । घरमा लगिएकी वृद्धाको राति ८स्३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

‘सुतिरहेका बेला कोठाभित्र बालेको दियो लडेर ओछ्यान र कपडामा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगोले जलेर वृद्धा गम्भीर घाइते भएकी थिइन्,’दाहालले भने,‘अस्पतालबाट आफन्तले घर लिएर गएकी वृद्धाको मृत्यु भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर