Aamsanchar

 हिंसा पीडित महिलालाई कनकाई नगरद्वारा अनुदान रकम प्रदान 

Author Image
बुधवार, पौष २५, २०८०

कनकाई । लैंगिक हिंसा पीडित महिलालाई  झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अभिवृद्धि गर्न  अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ ।

लामो समय देखि परिवारबाट नै हिंसामा परेका नगरभरिका रहेका महिलाहरूको पहिचान गरि विभिन्न व्यवसाय सञ्चालन गर्दै जीविका पार्जन गर्दै आएका हिंसा पीडित महिलालाई आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो।

कनकाई ९ कि रचना प्रसाईं विगत ९ वर्ष देखि श्रीमानको हिंसा सहन नसकेर सम्बन्धविच्छेद गरि झोला बनाउने काम गर्दै आएको र दुई छोरीलाई शिक्षा सहित पालनपोषण गर्दै व्यवसाय अगाडि बढाउदै गर्दा नगर बाट प्राप्त यो ३० हजार रुपैयाँले थप व्यवसाय बढाउदै लैजाने प्रतिवद्धता जनाउनुभयो।

त्यस्तै कनकाई नौ कै कमला भुसालले पनि श्रीमानको हिंसा सहन नसकेर पाँच वर्ष अघि सम्बन्धविच्छेद गरि घैलाडुवा बजारमा पार्लरको  व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभयो ।
एक छोराकी आमा समेत रहनुभएकी कमलाले यहीँ  व्यवसाय बाट दुःखले जीवनयापन गर्दै आएको सुनाउनुभयो ।

आज नगर बाट प्राप्त यो ३० हजार रुपैयाँले थप व्यवसाय बढाउदै लैजाने उहाँले पनि प्रतिवद्धता जनाउनुभयो।

नगद रकम पाउने पारिवारिक हिंसा पीडित महिलाहरूमा कनकाई दुई कि मिना भुजेललाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ ,कनकाई ३ कि पार्वता विमलीलाई खाद्यान्नका लागि १० हजार रुपैयाँ ,कनकाई दुई कि विना लिम्बुलाई औषधी उपचारका  लागि १० हजार रुपैयाँ , बालकुमारी बजगाईँलाई व्यवसाय थपका लागि ३० हजार रुपैयाँ  र कनकाई १  कि सहना माझीलाई औषधी उपचारका  लागि २० हजार रुपैयाँ उपलब्ध गराइएको कार्यक्रम संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख  शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको तर्क राख्नुभयो। उहाँले  महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा न्यायिक समिति सदस्य नवलकिशोर दत्त , कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायतले  मन्तव्य राख्दै पारिवारिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगर उपप्रमुख शिवाकोटी को सभापतित्व मा सम्पन्न  कार्यक्रमको  स्वागत तथा   सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख  खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा  समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर