Aamsanchar

महावीर पुनकाे देश दाैडाहा

Author Image
बुधवार, पौष २५, २०८०

गोरखा – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन यतिबेला देश किताब बेच्ने क्रममा लम्जुङमा छन्। सोमबार साँझ किताब बेच्ने देश दौडाहामा निस्केका उनी धादिङ, गोरखा हुँदै बुधबार साँझ वेशीसहर पुगेका हुन्।

आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर गत सोमबार साँझ उनी काठमाडौंबाट निस्केका हुन्। सदरमुकाम धादिङवेशी, मलेखु लगायतका धादिङका बस्तीबस्तीमा किताब बेचेपछि उनी मंगलबार साँझ गोरखा पुगे।

गोरखामा गोरखा महोत्सव चलिरहेको थियो। महोत्सव स्थलमा माइकिङ गर्दै उनले राति ९ बजेसम्म किताब बेचे। भोलिपल्ट बुधबार बिहान १० बजेसम्म गोरखा बजार, लक्ष्मीबजारमा पुस्तक बेचेपछि उनी तनहुँको आँबुखेरेनी बजार, डुम्रेबजार हुँदै लम्जुङ प्रवेश गरेका छन्। त्यहाँको भोटेओढार, सुन्दरबजारमा किता बेच्दै साँझ बेशीसहरमा किताब बेचिरहेका छन्।

 

बिहिबार तनहुँको सदरमुकाम दमौली, खैरेनीटार हुँदै पोखरा पुग्ने योजनामा उनी छन्। ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेकोचाहिँ एकदुई दिन भयो,ु उनी भन्छन्, ‘अब म निस्केँ। केही महिना देश दौडाहामै हुन्छु।’ किताब राम्रोसँग बिक्री भइरहेको उनको अनुभव छ।

आफू अहिले कुन ठाउँमा छु र अब कुन ठाउँमा जाउँदैछु भन्ने बारे उनले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छन्। छिनका छिनमै उनका पोस्टहरु रिट्वीट र सेयर हुन्छन्। बजारमा प्रवेश गर्ने वित्तिकैदेखि किन्नेहरूको लाम लाग्ने गर्छ। ‘राम्रोसँग बिक्री भइरहेको छ,´ उनी भन्छन्, ‘यही गतिमा बिक्री भइरह्यो भने आविष्कार केन्द्रको लक्ष्य पूरा हुन्छ।’

बिक्री हुँदैगर्दा पुस्तकको नयाँ-नयाँ संस्करण छापिने क्रम पनि जारी छ। ‘अहिलेसम्म कतिपल्ट पुनप्रकाशन भयो, कुनै हिसाबकिताबै छैन,ु उनी भन्छन्, ‘हिसाबकिताब त गरेको छैन, तैपनि अन्दाजी ५० हजार प्रति त छापिसकियो।’ दुई लाख पुस्तक बेचेपछि आफ्नो लक्ष्य पूरा गर्न सहयोग पुग्ने उनको भनाइ छ।

उनले सो पुस्तक बेचेको रकमले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी पुनसञ्चालन गर्ने सपना देखेका छन्। ‘अरुले त अर्बौ लाग्छ भन्न सक्छन्, तर राष्ट्रिय आविष्कार केन्द्रले त्यो कारखाना १५(२० करोडमा पुनसञ्चालन गर्न सक्छ,`पुन भन्छन्, ‘त्यसका लागि कम्तिमा पनि दुईलाख थान किताब बेच्नुपर्छ। पुस्तकको मूल्य प्रतिथान ७५० रुपैयाँ छ। दुईलाख थान बिक्री भयो भने १५ करोडजति कमाइ हुने रहेछ। हाम्रो हिसाबमा यति भए काम सुरु गर्न सकिन्छ।’

राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उनको पुस्तक बिक्री गर्न थोक बिक्रेताले कमिशन मागेपछि उनी स्वयं पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर