Aamsanchar

पौसे औँसी आज, तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो

Author Image
बिहिवार, पौष २६, २०८०

काठमाडौं – पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ।

यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण, श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ।

तीर्थस्थलमा पुगेर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्डदान गर्ने परम्परा छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ।

भदौ र पुसको औँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ।

यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृहरूको उद्धार हुने शास्त्रमा बताइएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर