Aamsanchar

ब्यांलेकेटमा आगो सल्केर एक महिलाको ज्यान गयाे

Author Image
बिहिवार, पौष २६, २०८०

बर्दिया – बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

बर्दिया राजापुर नगरपालिका–५ स्थित घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी थारु सिकिस्त घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा नेपालगन्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)