Aamsanchar

मृगको मासुसहित एकजना नियन्त्रणमा

Author Image
बिहिवार, पौष २६, २०८०

गुलरिया – बर्दिया प्रहरीले मृगको शिकार गरेको आरोपमा मासुसहित एकजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर १ स्थित छेदापुरबाट ३२ वर्षीय दिपचन्द्र कोरीलाई मृगको मासुसहित नियन्त्रणमा लिएको हो।मृग जस्तो देखिने जनावरको ३ किलो २ सय ग्राम टाउको, खुट्टा र मासुसहित आरोपितको घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

जनावरको मासु शिकार गरी ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा नियन्त्रित प्रतिवन्धित मासुसहित मानिसलाई थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाइएको उनले बताए। जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत खैरापुर प्रहरी चौकीले मासुसहित मानिस नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर