Aamsanchar

दुईजना फरार प्रतिवादी झापा प्रहरीको पञ्जामा  

Author Image
बिहिवार, पौष २६, २०८०

झापा । वन पैदावार हानी नोक्सानी मुद्दामा १५ दिन र ७ हजार ८०५ जरिवाना र पीडित कोषमा २ सय रुपैयाँ  तोकिएका झापा दमक नगरपालिकाका –३ का ३१ वर्षीय देउकुमार सुब्बा र चोरी मुद्दामा ६६ महिना कैद र ५ हजार जरिवाना र २ सय रुपैयाँ पीडित कोषमा जम्मा गर्नु पर्ने फैसला भएर पछि फरार रहेका  पाँचथर साबिक सुभाङ ३, हाल हिलिहाङ गाउँपालिका ५ भर भई झापा  झापा बुद्धशान्ति गाउँपालिका २, बस्ने वर्ष २१ का सुमन रणपहेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानीको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले आमसंचारलाई बताए ।

प्रतिवादी सुब्बा २०८० बैशाख १६ गते र रणपहेली २०७८ मंसिर २९ गते देखि फरार बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर