Aamsanchar

मोरङमा ट्रयाक्टरको ठक्करबाट ११ वर्षीय बालकको मृ*त्यु

Author Image
शुक्रवार, पौष २७, २०८०

विराटनगर – मोरङको सुनवर्षी नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ ७:३० बजे भएको सो दुर्घटनामा सुनवर्षी–६ केरेन्जाका ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार ट्रयाक्टरको ठक्करबाट सञ्जय ऋषिदेवका छोरा समीरको घटनास्थलमै मृत्यु भएको थियो ।

डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ उखु लोड गरेर आउँदै गरेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्रयाक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।दुर्घटनापछि चालक घटनास्थलमै ट्रयाक्टर छोडेर फरार भएका थिए । राति ११ बजेतिर नै इलाका प्रहरी रंगेलीले चालक सुनवर्षी–६ का ३७ वर्षीय विनोद भनिने तल्लु सोरेन सतारलाई नियन्त्रणमा लिएको थियो ।

दुर्घटनापछि २००–२५० जना स्थानीय भेला भएर प्रदर्शनसमेत गरेका ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकले एक्कासि बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक बालकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि रंगेली नगरपालिकास्थित अस्पताल रंगेली पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर