Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, पौष २७, २०८०

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सुनको मूल्य तोलामा एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर