Aamsanchar

बिर्तामोडको दुई र कनकाईको एक पम्पको रात्रिकालीन सेवा प्रति उपभोक्ता खुसी

Author Image
शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । पूर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने झापा जिल्लाको बिर्तामोड एक व्यस्त सहरमा पर्दछ । भारत सँगको सिमा नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारी हरुको संख्या दैनिक लाखौं हुनेगरेको ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ ।
रात्रिकालीन समयमा भारतबाट नेपाल भित्रिने मालबाहक सवारी, झापा जिल्लाबाट छुट्ने र पूर्व पहाडी जिल्लाहरुबाट झरेका सवारी साधनहरुको संख्या बिर्तामोड र आसपासका शहरहरूमा उल्लेखनीय रहने गरेको छ ।

झापा त्यसमा पनि बिर्तामोड, मेचीनगर, कन्काईलगायतका सहर बजारहरू सुगममा पर्दछन् । तर विडम्बना भनौँ या परिस्थितिले हो । झापाका यि सहरहरूको ठूला अस्पताल बाहेक सबै क्षेत्र समसाँझै नै बन्द हुने गरेका छन् ।
विभिन्न व्यवसायीक स्थलहरू राती बन्द हुदाँ सर्वसाधारणको जनजीवनमा खासै अप्ठ्यारो त पर्दैन, तर बिर्तामोडका पेट्रोल पम्पहरू बन्द भइदिनाले सर्वसाधारणहरूले निकै समस्या झेल्नु परेको अवस्था रहेको छ ।

बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्वपश्चिम लोकमार्गमै ९ वटा पेट्रोल पम्पहरू रहेका छन । त्यस्तै कनकाई नगरपालिका क्षेत्रमा ३ वटा पेट्रोल पम्पहरू सञ्चालनमा रहेका छन् ।
यि मध्ये धेरै पम्पहरु साँझ पर्ने बित्तिकै बन्द गरिने गरेको छ । तर बिर्तामोड र कनकाईका केही पेट्रोल पम्प सञ्चालकहरूले भने २४ घण्टा नै आफ्नो पम्प खुला राख्न थालेका छन् ।
बिर्तामोड चारपानेको गौरव ट्रेड एण्ड सप्लायर्स, राम चोकको आसमा ट्रेड एण्ड सप्लायर्स, कनकाई सुरुंगा पुल छेउमा रहेको पवित्रा आयल ट्रेडर्सले रात्रिकालीन सेवा सुरु गरेको गौरव ट्रेडका सञ्चालक बन्टी गिरीको बनाई छ । अरुले पनि पम्प खुला गर्दै होलान् नी ? भनेर आमसंचारकर्मीले गरेको प्रश्नमा गिरी ले भने ‘अरु पनि पम्पहरूले रात्रिकालीन सेवा दिन थालेका होलान तर जानकारी प्राप्त छैन । मेरो पम्प चौविस घण्टा नै गेट खुला राखेर सञ्चालन गर्दै आएको छु । केही पम्पहरुले १० बजे सम्ममा गेट खुला राख्ने गरेका छन् । समय र उपभोक्ताको माग अनुसार सबै पम्पहरु राती पनि खुला गरिनु पर्ने हो ।’

झापामा रात्रिकालीन समयमा पेट्रोलियम पदार्थ खरिद गर्न पाइन थालेपछि सर्वसाधारणहरू पनि खुसी भएका छन् । दिनभरी रोजगारी तथा यात्रा गरेर फर्किएका र रात्रिकालीन समयमा कामका लागि निस्कने हरूले विगतका दिनमा पम्पहरुबेलुका नै बन्द हुने हुँदा किराना लगायतका पसलमा बोतल भुल्डुङमा बेच्न राखेको पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य भएको र अहिले तिन वटा पम्पहरू २४ घण्टा खुला हुन थालेपछि  रातको समयमा महँगो मूल्य र मिसावट पेट्रोलिय पदार्थ प्रयोग गर्नुपर्ने सर्वसाधारणको बाध्यता टरेको आसमा पम्पका व्यवस्थापक मात्रिका पराजुलीले बताए ।
बेलुका ७ बज्दा नबज्दा पेट्रोल पम्पहरू बन्द हुने हुदा, गस्तीमा खटिएको प्रहरी भ्यान, एम्बुलेन्स, कृषिजन्य सामाग्री ढुवानी गर्ने सवारी साधन, सार्वजनिक बस देखि अटोरिक्सा सम्मका सवारीचालकहरूले तेल अभावको समस्या झेल्दै आएका थिए ।

बढ्दो सवारी चाप र नागरिकको व्यस्त जीवनशैली अनुसार सबै ठाउँका पेट्रोल पम्पहरू २४ सै घण्टा खुला गरिनु पर्ने हो । सर्वसाधारणहरूले पनि रात्रिकालीन सेवा प्रवाह गर्न आग्रह गरिरहेका छन् । पेट्रोल पम्पहरू प्राय एकान्त ठाउँमा रहने र सुरक्षाको हिसाबले सबै पम्पहरू राती खुला हुन सकेका छैनन् । स्थानीय सरकार, प्रहरी प्रकाशनले सुरक्षाको प्रत्याभूति दिलाउन सके सबै पम्पहरू खुला गर्न सकिने अवस्था रहन्छ । यस तर्फ संघले पनि आवश्यक पहल गर्दै आएको मेची पेट्रोलियम व्यवसायी संघका महासचिव बिनोद बस्नेतको भनाई छ ।

बिर्तामोड पूर्वकै व्यापारिक सहर भनेर जति चर्चा हुने गरेको छ । त्यति व्यवस्थापन पक्षमा सरकारले ध्यान पुर्याउन सकेको छैन । बिर्तामोड बजारलाई रात्रिकालीन खुला राख्नु पर्ने व्यवसायीहरू बाट माग पनि उठिरहेको छ । बिर्तामोडलाई समृद्ध नगर बनाउन व्यवसायिक क्षेत्रको प्रबन्धन गर्न जरुरी रहेको छ ।

केही पेट्रोल पम्प सञ्चालकहरूले रात्रिकालीन सेवा सुरु गर्दा हजारौं सवारी चलाउने सर्वसाधारणहरूले सुविधा पाउन सकेका छन् । झापाका सबै पम्पहरू २४ घण्टा खुला गर्ने हो भने लाखौँले सुविधा पाउने थिए । व्यवसायीहरूको व्यवसाय पनि फस्टाएर जाने थियो ।  यस विषय तर्फ सबै पेट्रोलियम पदार्थ व्यवसायीहरूको ध्यान जान सकोस् ।

भिडियो रिर्पोट पनि हुर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर