
काठमाडौंः भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपालको टोली घोषणा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन्। तीन खेलाडीले भने पुनरागमन गरेका छन्। अघिल्लो टिमबाट दुई खेलाडी भने बाहिरिएका छन्। अन्तिम टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक सिनियर टिममा स्थान बनाएका हुन्।

Views: 37


