![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240112_151351552.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धनकुटा – धनकुटाको हिले बजारमा सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक ठाउँ मिचेर राखिएका सामान नगर प्रहरीले जफत गरेको हो ।
तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख रभी खत्रीले जानकारी दिनुभयो । सडकपेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । सामान हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताउनुभयो । सडकपेटी मिचेर अव्यवस्थित रूपमा सामान राख्दा पैदलयात्रीले गुनासो गर्दै आएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
धनकुटा बसपार्क क्षेत्रमा पनि यो समस्या छ । नगर प्रहरीले धनकुटा बसपार्क क्षेत्रमा सडकपेटी तथा सार्वजनिक ठाउँमा अव्यवस्थित रूपमा राखिएका सामान पटक पटक जफत गर्दै आएको छ । बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले आग्रह गर्नुभएको छ ।
यसैबीच हिले बजारबाट नियन्त्रणमा लिएको सामान धनकुटा नगरपालिकाले जरिबाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवम् सहरी सडक व्यवस्थापन कार्यविधिमा जरिबाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्रीरलिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । तीन दिनभित्र सम्बन्धित व्यक्ति सामान बुझ्न आए जरिबाना लिएर फिर्ता गरिने र नआए सामान बिक्रीरलिलाम गरिने नगरपालिकाले जनाएको छ ।