![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240112_154045099.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ – ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू हुन्, मकवानपुर घर भएका ३७ वर्षीय वीर बहादुर वाइबा र ३७ वर्षका राम कृष्ण लोप्चन । दुई जना मिलेर चोरी गर्ने उनीहरूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । अदालतको आदेश अनुसार दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए ।
चोरीमा संलग्न कसुरमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूको खातामा लाखौँ रकम मौज्दात रहेको भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी घर भएर बालकुमारी बस्दै आएका वीर बहादुर बाइवाको खातामा ३४ लाखभन्दा बढी मौज्दात भेटिएको एसपी नवराज कार्कीले बताए । एसपी कार्की भन्छन्, ‘चोरीमा संलग्न वीर बहादुरको बैंक खातामा ३४ लाख ७७ हजार रुपैयाँ मौज्दात भेटिएको छ ।’
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
एभरेस्ट बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकमा बाइवाले सो रकम जम्मा गरेका हुन् । तर, प्रहरीसँगको बयानमा आरोपीहरूले भनेका छन्,‘ हामीसँग बैंक खाता नै छैन ।’
अस्वाभाविक रकम मौज्दात भेटिएपछि वीर बहादुरबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको छ । एसपी कार्कीले भने, ‘आरोपीले अवैध स्रोतबाट रकम संकलन गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।’
ललितपुर महानगरपालिका–१५ स्थित मदन सिलवालको घरमा असोज ८ मा चोरी भएको थियो । सिलवालको घरबाट १५ लाख ९५ हजार बराबरको धनमाल वीर बहादुर र रामकृष्णले चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मंसिर २७ मा पक्राउ गरेर अनुसन्धान गर्दा ती दुई अभियुक्तले थप दुई ठाउँमा चोरी गरेको तथ्य खुलेको हो । उनीहरूले ललितपुर–१५ ताल्छिखेल स्थित सबिता रोक्काको घरबाट ४ लाख २० हजार बराबरको धनमाल र न्यु गोर्खाली खाद्य भण्डारबाट २० थान सुगम ग्याँसको खाली सिलिन्डर चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।