Aamsanchar

झापाली फोटो भिडियो व्यवसायीहरू संगठित, जिल्ला तदर्थ समिति गठन

Author Image
शनिवार, पौष २८, २०८०

झापा । झापा जिल्लामा सक्रिय रुपमा फोटो तथा भिडियो व्यवसायी गर्दै आएका व्यवसायीहरू सङ्गठित भएका छन् । हिजो मोरङको पथरी शनिश्चरे स्थित भुल्के सिमसारमा भएको वनभोज तथा भेलाले फोटो भिडियो व्यवसायी संघ झापाको तदर्थ समिति गठन गरेको हो ।

भेलाले संघको तर्दथ समितिको अध्यक्षमा दमकका फोटो भिडियो व्यवसायी लक्ष्मी कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको जनाइको छ ।

संघको उपाध्यक्षमा विरेन्द्र प्रसाद तिवारी र पुजन खवास (पदम), चयन भएका छन् । त्यसैगरी सचिवमा सविन चाम्लिङ, सहसचिवमा देवेन्द्र खरेल र कोषाध्यक्षमा राजेन्द्र प्रसाद वस्ती चयन भएका छन् । कार्यसमितिको सदस्यहरूमा सुशीला ढुङ्गाना, लोकेन्द्र अधिकारी, लिला कटेल, आकृति गुरुङ्ग र प्रवेश भट्टराईलाई चयन गरिएको फोटो व्यवसायी लोकेन्द्र अधिकारी (लोकेश) ले जानकारी दिए ।

विगत १५ वर्ष अगाडि फोटो व्यवसायीहरूको जिल्ला संघ गठन भएको थियो । उक्त संघ हाल सम्म पनि निस्क्रिय रहेकाले एक वर्ष अघि फोटो भिडियो व्यवसायी संघ माई पश्चिम समिति रहेकोमा हिजोको भेलाले झापा भरिका व्यवसायीहरूलाई समेटेर माई पश्चिम समितिलाई जिल्लामा गाभेर नयाँ जिल्ला तदर्थ समिति गठन गरिएको संघको माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिनोद भण्डारीले बताए ।

नव गठित समितिले छिट्टै जिल्ला प्रशासन कार्यालय झापा संघ संस्था दर्ता गरि गतिविधिहरूलाई तीव्रता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । भेलाले फोटो महल दमकका सञ्चालक विनोद भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरूमा कमल पाण्डे (बिनोद), हरि बोहोरा, रिना सुवेदी र राजेन्द्र दाहाल रहेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर