Aamsanchar

इलामका विनोद राईले जिते ‘भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनकाे उपाधि

Author Image
शनिवार, पौष २८, २०८०

काठमाण्डौ- द भ्वाइस अफ नेपालको पाँचौँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् ।

गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो । विजेता राई कोच मिलन नेवारको समूहबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

द भ्वाइस अफ नेपाल को पाँचौँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर