Aamsanchar

चन्द्रागिरीमा जिप दुर्घटना : मृ*त्यु हुनेकाे संख्या पाँच पुग्यो

Author Image
शनिवार, पौष २८, २०८०

काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

गम्भिर घाइते ६ वर्षकी स्मारिका गौतमको उपचारका क्रममा सवा तीनबजे मृत्यु भएसँगै मृत्यु हुने पाँच पुगेका हुन् । उक्त दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको थियो ।

उनीहरू सबै एकै परिवारका रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम रहेका छन् ।

जीपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा.सृष्टि तिवारी गौतम सकुशल छिन्। उक्त गाडीमा सवारमध्ये उनी एक मात्रै बाँच्न सफल भइन् ।

६ जना सवार प्र.३०१-२३ च ६९८५ नम्बरको गाडी शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौँबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर