Aamsanchar

ठाकुरबाबाका पूर्व वडाध्यक्ष निमप्रसादको हृदयाघातबाट निधन

Author Image
आइतवार, पौष २९, २०८०

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष निमप्रसाद थारुको निधन भएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी पार्टीबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित थारुको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

थारुलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो। उनलाई शनिवार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर