Aamsanchar

गठबन्धनका उम्मेदवारलाई जिताउन सात दलको अपिल

Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौं – सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुले अपिल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन दलको बैठकले यस्तो अपिल गरेको हो । गठबन्धनलाई संगठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बैठकको निष्कर्ष छ ।

राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन् भन्दै यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएकाले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको अपिलमा उल्लेख छ । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर