Aamsanchar

जनकपुरधाममा बैंकहरूविरुद्ध विरोध प्रदर्शन

Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौँ – उद्योगी व्यापारीले जनकपुरधाममा बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

पीडित उद्योगी व्यवसायी संघर्ष समितिले आइतवार विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरूविरुद्ध प्रदर्शन गरेको हो। बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनकचोकबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले निकालेको र्‍याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो।

बैंकहरूको चर्को ब्याजदरविरुद्ध आफूहरू आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीले बताए। धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधीर पञ्जियारले नेपालीहरूलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग आग्रह गरे।

उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदा पनि चुप लागेर बस्नुपर्ने काम अन्त्य हुनुपर्ने बताए। उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप लगाए। उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक लिलाम नराख्नुका साथै कालोसूचीमा नराख्न माग गरे।

उद्योगी व्यापारीका माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पञ्जियारले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)