![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240114_152249311.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – भोलिदेखि शुरु हुने माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स सङ्घका अनुसार पुसको तुलनामा अधिकतम शून्य दशमलव २ प्रतिशतदेखि अधिकतम १ दशमलव ७५२ प्रतिशत विन्दुसम्मले निक्षेपको ब्याजदर घटेको छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
एभरेस्ट बैंक र एनएमबी बैंकले माघमा ब्याजदर हेरेफेर गरेका छैनन् । एनएमबी बैंकको ब्याजदर ९ प्रतिशत र एभरेस्ट बैंकको ८ प्रतिशत नै छ । कृषि विकास बैंकले सबैभन्दा धेरै १ दशमलव ७५२ प्रतिशत विन्दुले घटाएर निक्षेपमा ७ दशमलव २६ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर ८ प्रतिशतमा झारेका छन् । यसैगरी प्रभु र एनआईसी एसिया बैंकले ८ दशमलव ०६५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०७ प्रतिशत, सिद्धार्थ, प्राइम कमर्सियल, ग्लोबल आईएमई र नबिल बैंकले ८ दशमलव १ प्रतिशत ब्याजदर तोकेका छन् ।
कुमारी बैंकले ८ दशमलव ११ प्रतिशत, सानिमा र हिमालयन बैंकले ८ दशमलव १५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव २५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ दशमलव ६ प्रतिशत र सिटिजन्स बैंकले ९ दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् ।
कर्जाको मागमा कमी आएपछि बैंकहरूले ब्याजदर घटाएका हुन् ।