Aamsanchar

तरुल खन्ने क्रममा ढुंगाले लागेर एकजनाको मृ*त्यु

Author Image
आइतवार, पौष २९, २०८०

सल्यान – सल्यानमा तरुल खन्ने क्रममा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ स्वामिबासका ४२ वर्षीय भीमबहादुर भनिने धनबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आलेले तरुल खनिरहेको ठाउँभन्दा करिब सय मिटरमाथि कालिमाटी गापा–६ जुमखोलाका ४५ वर्षीय घनश्याम घर्तीले पनि तरुल खनिरहेका थिए। त्यसै क्रममा घर्तीले ढुंगा पल्टाउँदा तरुल खनिरहेका आलेलाई ढुंगाले लागेको थियो।

ढुंगा लागी गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। दुवैजनाले खारापानी जंगलमा तरुल खनिरहेका थिए।

मृतक आलेको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ भने ढुंगा पल्टाउने घर्ती प्रहरी नियन्त्रणमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर