Aamsanchar

मगर जातिको माघे सङ्क्रान्ति

Author Image
सोमवार, माघ १, २०८०

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् ।

घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ ।

मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटीहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर