नयाँ दिल्ली – इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार पाइलटले विमानमा उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हान्छन् ।त्यसपछि एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फिर्ता लैजान्छ। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्, ‘उडाउन चाहन्छौ भने उडाऊ, नत्र ढोका खोलेर जान देऊ । भिडियोमा एउटी महिलाको आवाज सुनिएको छ– तिमीले जे गर्यौ त्यो गलत हो ।
यो भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 75