Aamsanchar

बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

Author Image
सोमवार, माघ १, २०८०

काठमाडौं – सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । गएको पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ती हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको हो ।

घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले सोसम्बन्धी प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइसकेको छ । समितिले आइतबार (हिजो)प्रतिवेदन बुझाएको गृहका प्रवक्ता नाराणप्रसाद भट्टराईले  जानकारी दिए ।

गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । ती हवल्दारले चलाएकै गोलीका कारण उनको मृत्यु भएको समितिको निष्कर्ष छ ।

समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई त्यहाँबाट फिर्ता बोलाउन समेत सिफारिस गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर