Aamsanchar

त्रिशूली नदीमा गाडी खसेको पुष्टि

Author Image
मङ्गलवार, माघ २, २०८०

काठमाडौं – त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ ।

बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

“गाडी फेला पर्यो । तर गाडीका कोही पनि मान्छे फेला परेको छैन,” उनले भने । उक्त जीपमा चालक मात्रै थिए अथवा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

सडकबाट तलका बोटबिरुवा लछारिएको र नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर