Aamsanchar

ओखलढुंगामा हिमपात, किसान खुशी

Author Image
मङ्गलवार, माघ २, २०८०

ओखलढुंगा – ओखलढुंगाको माथिल्लो उच्च भूभागमा हिमपात भएपछि किसान खुशी भएका छन्।

ओखलढुंगामा मंगलवार यस वर्षको पहिलो हिमपात भएको हो। जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायत उच्च भूभागमा दिउँसो हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताए।

हिमपातपछि यस क्षेत्रका किसानले बारीमा लगाएका आलु, गहुँ खेतीलाई सहयोग पुगेको छ।

हिमपातसँगै बढेको चिसोले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवतीका साथै सुत्केरीलाई भने समस्या भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर