Aamsanchar

इलामका पर्यटकीय स्थलहरुमा हिमपात

Author Image
मङ्गलवार, माघ २, २०८०

इलाम – इलामका उच्च पहाडी पर्यटकीय स्थलहरुमा हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको हो । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर लगायत उत्तरी पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएको जौबारीको होमस्टे व्यवसायी लक्की सेर्पाले बताइन् ।

वर्षापछि हिमपात हुँदै आएपछि यस एक्कासि हिमपात भएको उनले बताइन् । बिहान ११ बजेबाट सुरु भएको हिमपात अहिलेसम्म भइरहेको छ । सूर्योदय नगरपालिका १ को मानेभञ्ज्याङ्गदेखि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर र तीन सिमाना फालुटसम्म हिमपात भएको पर्यटन व्यवसायी प्रमोद नेपालले बताए ।

हिमपात भएपछि हिउँ खेल्न स्थानीयहरू आउन थालेका छन् । पर्यटकीय क्षेत्र चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ्ग, टङ्लु, जौवारि, गैरीबास, कैयाकट्टा, कालपोखरी, चौरीचौक, सन्दकपुर र फालुट क्षेत्र पर्यटकीय गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा दैनिक नेपाल र भारत भएर २ हजार बढी पर्यटकहरू भ्रमणका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)