Aamsanchar

गौशाला-२६को नाम र तस्वीर सार्वजनिक गरी गोपनियता भङ्ग गरेको आरोपमा एक जना पक्राउ

Author Image
बुधवार, माघ ३, २०८०

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाका पीडित किशोरी (गौशाला-२६)को नाम र तस्वीर सार्वजनिक गरी गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको जानकारी दिए।

राईलाई सङ्खुवासभाबाट आजै पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय अपराध कसूरमा ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको उनले बताए।

गोपनियता भङ्ग गरेको भन्दै गएको पुस २६ गते पीडितले कारबारहीको माग गर्दै ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही आधारमा अन्यको पनि खोजी जारी रहेको ब्यूरोले जनाएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गौशाला-२६को नाम र तस्वीर सार्वजनिक गरेको भन्दै जापान च्याप्टरका एक सदस्यलाई पार्टी सदस्यबाट हटाइएको सार्वजनिक गरेको थियो।

काठमाडौँ जिल्लम अदालतले लामिछानेलाई उक्त मुद्दामा दोषी ठहर गरी ८ वर्षको जेल सजाय र राहत तथा क्षतिपूर्तिस्वरुप ५ लाख रुपैयाँ भराउने आदेश दिइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर