Aamsanchar

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका केशरमानलाई सात दिन थुनामा राखिने

Author Image
बुधवार, माघ ३, २०८०

काठमाडौं – गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवालाई कम्तीमा सात दिन थुनामा राखिने भएको छ ।

सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा संखुवासभाका ३२ वर्षीय केशरमान राई पक्राउ परेका छन् ।

उनीमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोले अदालतबाट सात दिनको अनुमति पाएको छ । आज जिल्ला अदालत काठमाडौंले ब्युरोले राईलाई थुनामा राख्न सात दिनको अनुमति दिएको हो ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्बिर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएकाले कानुनी कारबाही गर्न माग गर्दै पीडित युवतीले ब्युरोमा निवेदन दिएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर