Aamsanchar

फोहोरमा नवजात शिशुको शव फेला

Author Image
बुधवार, माघ ३, २०८०

कटारी – उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर फ्याँक्ने ठाउँ (डम्पिङ साइट)मा फालिएको फोहोरमा नवजात शिशुको शव फेला परेको छ।

फोहोर संकलन गरिसकेपछि फोहोर छुट्याउने क्रममा कामदारले फोहोरसँगै फालिएको कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए।

वडासदस्य खाँका अनुसार आजै (बुधवार)विहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहोरमा शव भेटिएको हो।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ। ‘आजै उठाइएको फोहरमा शव रहेछ,’ वडासदस्य खाँले भने, ‘नगरपालिकाको ट्र्याक्टरमा शव अस्पताल ल्याइएको छ।’

इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। महिना पुगिसकेको जस्तो देखिने कपाललगायत धेरैजसो अङ्ग बनिसकेको नवजातको शव भेटिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)