Aamsanchar

माेरङ : स्कोरपियो र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना, एकजनाकाे मृ*त्यु

Author Image
बिहिवार, माघ ४, २०८०

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पाथीभरा मन्दिरनजिक बिहीबार बिहान राती दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कोरपियो र पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका–२ का २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएका घिमिरेको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बिहान १:४५ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले स्कोरपियो र चालक झापाको कन्काई नगरपालिका–१ का ३० वर्षीय रोहित मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नभएको पाइएको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर