Aamsanchar

टिप्पर दुर्घटना हुँदा १९ बर्षिय युवकको ज्यान गयाे

Author Image
बिहिवार, माघ ४, २०८०

बैतडी – बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल छन्। रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा परेको हो।

दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर