Aamsanchar

बक्सिङ खेलाडी गोसाई मृ*त फेला

Author Image
बिहिवार, माघ ४, २०८०

काठमाडौं – सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् ।

भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी बसन्त पाठकले  बताए । उनले भने, ‘झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ ।’

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए । परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएको छ ।

जाहेरीको आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाठकले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर