Aamsanchar

ताप्लेजुङको मेरिङ्देनस्थित लङ्वा खोलामा मोटर गुड्ने पुल निर्माण

Author Image
शुक्रवार, माघ ५, २०८०

ताप्लेजुङ-ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र वडा ६ नाल्बु जोड्ने लङ्वा खोलामा पक्की मोटर गुड्ने पुल निर्माण भएको छ । लङ्वा खोलामा चाढे चार करोड रुपियाँ बढी बजेट लगानीबाट मोटर गुड्ने पुल निर्माण गरिएको हो ।

उक्त पुल निर्माण सम्पन्न भएसँगै बिहीबार तत्कालीन संविधासभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेले उद्घाटन गर्नुभएको छ । सङ्घीय सशर्त अनुदान शीर्षकअन्तर्गत विनियोजित कुल रकम चार करोड ६१ लाख २८९ रुपियाँको लागतमा सो पुल निर्माण गरिएको हो । एसओएस थेबे र आङ्बुहाङ जेभी निर्माण कम्पनीले निर्माण गरेको पुलको उद्घाटन गरेसँगै सञ्चालनमा आएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।

पुलको अभावमा हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको यातायात सेवा अब बाह्रै महिना चल्ने भएको छ । यस्तै लङ्वा खोलामा पुल निर्माण भएपछि मेरिङ्देन गाउँपालिकाकै दुर्गम वडाको रुपमा रहेको नाल्बुवासीका लागि सुविधा भएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० ले बताउनुभयो ।

उहाँका अनुसार पुल बनेपछि दुर्गम भेगबाट यात्रा गर्ने यात्रुलाई यातायात सुविधासँगै आवश्यक सामग्री ढुवानी गर्नलाई सहज भएको छ । पुलको अभावमा सहज यातायात पहुँच नपुगेको नाल्बुमा लङ्वा खोलामा पुलबनेपछि अब गाउँपालिकाका ६ वटै वडामा यातायात पहुँच पुगेको पनि उहाँको भनाइ छ ।

नवनिर्मित पुलको उद्घाटनमा गाउँपालिका अध्यक्ष हाङ्गाम, उपाध्यक्ष दुर्गा श्रेङचोङ्बाङ, पूर्वअध्यक्ष गणेशबहादुर लिम्बू लगायतका जनप्रतिनिधि, अन्य सरोकारवाला र स्थानीयको सहभागिता थियो । सो पुलको लम्बाइ २६।२ मिटर छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर