Aamsanchar

झापामा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

Author Image
शुक्रवार, माघ ५, २०८०

बिर्तामोड । पूर्वपस्चिम मुख्य राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकास्थित सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी अस्पताल बिर्तामोडतर्फ ल्याएको छ । आज अपराह्न कमल गाउँपालिकाको पाडाजुँगीमा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकललाई मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय शिक्षक देवराज बस्नेतले जानकारी दिए ।
घटनाको विस्तृत आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर