Aamsanchar

नेतृत्व विकास तथा कानुनी साक्षरता तालिम सम्पन्न

Author Image
शुक्रवार, माघ ५, २०८०

झापा- बिर्तामोडमा बिर्तामोडमा नेतृत्व विकास तथा कानुनी साक्षरता तालिम सम्पन्न भएको छ । विर्तामोड अपाङ्गता स्वाबलम्बन सस्थाको आयोजना तथा एविलिस फाउन्डेसन फिन्ल्याण्डको सहयोगमा पाँच दिवसीय तालिम सम्पन्न भएको हो । विर्तामोड स्थित डाउनटाउन होटलको सभाहलमा भएको तालिम समापन कार्यक्रममा सस्थाका अध्यक्ष दिपक थापाको सभापतित्व साथै कोशि प्रदेशका सांसद एकराज कार्कीको प्रमुख अतिथ्यता रहेको थियो भने एविलिस फाउन्डेसन नेपालका राष्ट्रिय संयोजक बिरेन्द्रराज पोखरेलको विशेष आतिथ्य रहेको थियो ।

सहभागिहरुले तलिम ब्यवहारीक भएको र यसबाट आफुहरुले फाईदा लिन सक्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद काकीले तिनै तहका सरकारले अपाङ्गताका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै आयोजना संस्थाका अध्यक्ष दिपक थापाले विर्तामोड अपाङ्गता स्वाबलम्बन संस्था विर्तामोड भरिका अपाङ्गता भएका ब्यक्तीहरुको ससक्तीकरणका लागि स्थापना भएको बताउनु भयो । कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर