Aamsanchar

दश जना फरार प्रतिवादी पक्राउ

Author Image
शनिवार, माघ ६, २०८०

उदयपुर – जिल्ला अदालतको फैसलापछि फरार रहेका उदयपुरको एकै नगरपालिकाका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सरकारी कागजातको छाप दस्तखत किर्ते अभियोगमा ११ महिना १० दिन कैद र ५० रुपैयाँ जरिवाना तोकिएका चौदण्डीगढी नगरपालिका- ८ का सन्तोष राई, जालसाजी मुद्दामा ३२ हजार ५ सय जरिवाना तोकिएका वडा नम्बर ५ का भीषण चौधरी र झुटो विवरण पेस गरी नागरिकता लिएको अभियोगमा पाँच हजार जरिवाना तोकिएका सोही ठाउँका तिलक राई रहेका छन्।

त्यसैगरी जुवा मुद्दामा दुई सय जरिवाना तोकिएका वडा नम्बर ७ का मानसिंह राई, गाली बेइज्जती मुद्दामा ३३ हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना फैसला सुनाइएका वडा नम्बर ९ का नारायण चौधरी, सम्बन्ध विच्छेद मुद्दामा एक हजार दुई सय ५० पैसा जरिवाना तोकिएका वडा नम्बर ४ का शिला तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

 

त्यस्तै कुटपिट र लुटपाट मुद्दामा आठ हजार सात सय ५० पैसा जरिवाना तोकिएका वडा नम्बर ६ का सबहादुर राई, सम्बन्ध विच्छेद मुद्दामा दुई सय ५० रुपैयाँ जरिवाना तोकिएका वडा नम्बर २ का मनहरी मगर रहेका छन्।

त्यसैगरी चौदण्डीगढी ९ का भक्तबहादुर थापा र वडा नम्बर ६ का संगीता राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। थापामाथि सम्बन्ध विच्छेद मुद्दामा एक सय २५ रुपैयाँ र राईलाई गाली बेइज्जती मुद्दामा २५ रुपैयाँ जरिवाना तोकेको छ। उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएको डीएसपी चौधरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर